Prakash Adhikari December 21, 2025
काठमाडौँ, ६ पुसः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज धितोपत्र बजार परिसूचक १९ अङ्कले झरेर २५९५.१० को बिन्दुमा कायम भएको हो ।
आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भनेको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Share Now