Prakash Adhikari December 29, 2025
काठमाडौँ, १४ पुसः दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले यस वर्षका लागि विभिन्न पुरस्कार पाउने स्रष्टाको नाम छनोट गरेको छ । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न  बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारको निर्णय गरेको हो ।
अध्यक्ष पन्तका अनुसार रु २५ हजार राशिको ‘शङ्कर कोइराला आख्यान पुरस्कार’ आख्यानकार मधुवन पौडेललाई, रु ५१ हजार १११ राशिको ‘चुडामणि भाषा व्याकरण–कोश पुरस्कार’ साहित्यिक पत्रकार रोचक घिमिरेलाई, रु २५ हजार राशिको ‘कुमार–सरस्वती समालोचना पुरस्कार’ समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमलाई तथा रु ५५ हजार ५५५ राशिको ‘रामप्रसाद पन्त वाङ्मय पुरस्कार’ नाट्यकर्मी किशोर पहाडीलाई प्रदान गरिने भएको छ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको स्थापना २०५७ सालमा गरिएको हो । प्रतिष्ठानले भाषासाहित्यका क्षेत्रमा काम गर्दै आएको छ ।
Share Now