सुई बालेन्द्र शाह, रास्वपा र तात्कालीन नेकपा माओवादीका नेतृत्व प्रचण्डतिर
तात्कालीन गृहमन्त्री लेखकले आफू र प्रधानमन्त्रीले पनि विरोध प्रदर्शनमा बल प्रयोग गर्न कुनै पनि मौखिक र लिखित आदेश नदिएको बताएपछि आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्कीको आयोगलाई सकस उत्पन्न भएको छ । केही देशी र केही विदेशी षड्यन्त्रकारीहरुले अह्राए अनुरुप तात्कालीन सरकारले बल प्रयोग गरेर आन्दोलनकारीमाथि दमन गरेको निष्कर्ष निकाल्न कठिन हुने देखिएको छ ।
आन्दोलनमा अवाञ्छित तत्वको घुसपैठ भएर मानवीय क्षति भएपछि थप क्षति हुनबाट रोक्न गृहमन्त्री र पछि प्रधानमन्त्रीले समेत पदबाट राजिनामा दिएकोले सरकार दमन गन उद्यत थियो भन्न मिल्ने अवस्था पनि देखिएन ।
यसैले भाद्र २३ भएको जेन जी पुस्ताको विरोध प्रदर्शनका क्रममा भएको मानवीय क्षति र २४ को विध्वंसमा भएको जनधनको ंक्षतिको सुई आन्दोलनको अपनत्व लिने काठमाडौंका मेयर बालेन्द्र शाह, रास्वपा र तात्कालीन नेकपा माओवादीका नेतृत्व प्रचण्डतिर सोझिदै गएको छ
तर यहीनेर कलेजमा पढन झोलाबोकेर निक्केका बालबालिकालाई प्रदर्शनमा आउन आह्वान गर्ने र प्रदर्शन सुरु भएपछि त्यो भीडमा घुसपैठ गरेर गोली चल्ने चलाउने अवस्था सिर्जना गर्ने काममा औपचारिक रुपमा आएका काठमाडौंका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी र तात्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुमाथि आयोगले थप बयान लिन पर्ने भएको छ ।
काठमाडौंका स्वतन्त्र मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आइतबार भएको संझौतामा जेनजी आन्दोलनको अपनत्व लिने बूँदा स्पष्ट उल्लेख भएकोले त्यो जनधनको क्षतिको जिम्मेवारी पनि आन्दोलन उक्साउने शक्तिहरुले लिनुपर्ने भएको छ ।
।








