काठमाडौँ, १७ पुसः पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ५९ हजार ६सय र त्यति नै चाँदीको मोल रू ४ हजार ४ सय १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु ४ हजार ४ सय १५ मा कारोबार भएको थियो ।
–––


















