Prakash Adhikari January 1, 2026

काठमाडौं, १७ पौष । नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । आजै सम्पन्न भएका क्वार्टर फाइनलका चार खेलका बिजेताबाट सेमिफाइनलको समीकरण बनेको हो । आज भएका चारखेलमा नेपाल आर्मी, नेपाल पुलिस, हेल्प नेपाल र रुकुम पश्चिम विजयी बनेका हुन् ।

आज आर्मी क्लबले चौथो क्वाटरफाइनलमा खिल्जी युवा क्लबलाई २५-१८, २५-१७ र २५-१५ ले पराजित गरी अगाडिको यात्रा तय गर्यो ।

सेमिफाइनलमा आर्मी क्लबले रुकुम पश्चिमसँग खेल्नेछ भने हेल्प नेपाल र नेपाल पुलिसले पनि क्वाटरफाइनल जितिसकेका छन्।

पुलिस एनभिए च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल पुलिस क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।

कोशी प्रदेश भलिबल संघलाई ३-० को सेटमा सहजै हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा पुलिस २५-१९,२५-१७,२५-१८ ले विजयी भएको हो।

पुलिसले सेमिफाइनलमा साविक विजेता टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।

साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा

आज पहिलो खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३(० को‌ सोझो सेटमा हराउँदै हेल्प नेपाल अन्तिम चारमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३,२५-२३,२५-१८ ले विजयी भएको थियो।

टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लब एनभिए भलिबल च्याम्पियनसिपको साविक विजेता पनि हो ।

बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० को‌ सोझो सेटमा हराउँदै हेल्प नेपाल अन्तिम चारमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३,२५-२३,२५-१८ ले विजयी भएको थियो।

Share Now