काठमाडौं, २० पौष । प्रशासन, व्यवस्थापन तथा विकास केन्द्र, ‘कामाद’ (Centre for Administration, Management and Development, CAMAD) मा नयाँ नेतृत्व आएको छ । यही पौष १९ गते काठमाडौंमा भएको साधारण सभाले संस्थाको अध्यक्षमा नेपाल सरकारका सहन्यायाधिवक्ता कोषहरि निरौलालाई चयन गरेको छ।
अध्यक्षले विधान बमोजिम संस्थाको उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा,एकनाथ बास्तोला ,संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल,सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे,कोषाध्यक्षमा राजेन्द्रराज ओझालाई चयन गर्नुभएको छ ।
कामादको कार्यसमितिको सदस्यहरूमा दिवस आचार्य,बिन्दु धामी रावल,नवराज जैसी,तेजकुमार केसी,छविलाल पौडेल, अनिल खनाल, सुबोधकुमार
शाह, निर्माणकुमार कार्की, मोहनबहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन हुनुभएको छ । संस्थाका निवर्तमान अध्यक्ष डिल्ली शिवाकोटी हुनुहुन्छ।
२०४४ सालमा स्थापित यस संस्थामा उच्च पदस्थ निजामती कर्मचारीहरू रहेका छन्। यसले सार्वजनिक प्रशासनको क्षेत्रमा प्राज्ञिक कार्यहरू गर्नुका साथै सेवामा रहेका अधिकृतहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरु संचालन गर्दैआइरहेको छ।
कामादले प्रकाशित गर्दे आएको ‘कामाद जर्नल’ सार्वजनिक प्रशासनको क्षेत्रमा उत्कृष्ट रोजाईमा पर्ने गरेको छ।


















