Prakash Adhikari January 18, 2026

काठमाडौँ, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन शाह भिड्ने हुनुभएको छ । ओलीसँग भिड्न बालेनले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिइसक्नुभएको छ।

यस्तै झापा क्षेत्र नम्बर २ मा पूर्व सभामुख देवराज घिमिरे(एमाले)सँग पूर्व उपसभामुख इन्दिरा राना मगर भिड्दै हुनुहुन्छ।

क्षेत्र नम्बर १ निशा डाँगीलाई रास्वपाले उम्मेदवार बनाएको छ । झापा क्षेत्र नम्बर ३ प्रकाश पाठक र क्षेत्र नम्बर ४ शम्भु ढकाल (सुस्केरा) रास्वपाबाट उम्मेदवार बन्नुभएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

Share Now