काठमाडौं, ६ माघ। फागुन २१ गते हुने चुनावका लागि आज(६ माघ)मा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति तोकिएको छ । उम्मेदवार हुन चाहने व्यक्तिले निर्वाचन आयोगले तय गरेका मापदण्डहरू पूरा गर्नुपर्छ ।
आयोगले प्रतिनिधिसभा चुनावमा उम्मेदवार हुन विभिन्न १३ प्रकारका कागजात आवश्यक पर्ने जनाएको छ । साथै उम्मेदवारले १० हजार रुपैयाँ पनि धरौटी राख्नुपर्छ । तर महिला र दलित वा अल्पसंख्यक समुदायबाट उम्मेदवारको हकमा सो धरौटी रकम पचास प्रतिशत छुट दिइने आयोगले जनाएको छ ।
आवश्यक पर्ने कागजात
१. उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि।
Ncell
२. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।
३. उम्मेदवारी दिनु नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा।
४. उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भए प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमको प्रतिनिधि स्वीकार गरेको फाराम।
५. प्रचलित कानून बमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ५ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी हस्ताक्षर गरेको मनोनयन पत्र।
६. दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार प्राप्त त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र।
तर एकल चुनाव चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिने दलहरूको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र।
७. प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ समावेश गरी निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर। तर महिला र दलित वा अल्पसंख्यक समुदायबाट उम्मेदवारको हकमा सो धरौटी रकम पचास प्रतिशत छुट दिइनेछ (आर्थिक हैसियत विपन्न भएको हकमा सम्बन्धित स्थानीय तह आर्थिक रुपमा पनि सिफारिस गरेको पत्र)।
८. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र।
९. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची–८ बमोजिमको सम्पत्ति विवरण (घरजग्गा, चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, सवारी साधन, कर्जा, कसैले ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रुपमा पेस गरेको सम्पत्ति विवरण)।
१०. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको व्यक्तिगत विवरण फाराम।
११. उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेन्सन लिएको भए सो पेन्सन छुट्टाएको सम्बन्धी विवरण।
१२. लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा कित्ता साथै असुल उपर गर्नुपर्ने कुनै बक्यौता भएको भए सो बक्यौता फछ्र्यौट गरेको विवरण।
१३. निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची–३ बमोजिमको प्रतिबद्धता पत्र।
ं


















