Prakash Adhikari January 20, 2026

 

काठमाडौं, ६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ।

उक्त रिट सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो । महान्यायाधिवक्ताको कार्यालयविरुद्ध युवराज पौडेल ‘सफल’, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट दायर गर्नुभएको थियो ।

Share Now