Prakash Adhikari January 21, 2026

 

काठमाडौं, ८ माघ । काठमाडौंमा भइरहेको आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटमा आज नेपाली राष्ट्रिय महिला टिम आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दै छ ।

खेल विहान ९ बजेदेखि त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ ।

महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ ।

समूह चरणबाट अगाडि बढ्न नेपालले बाँकी ३ वटा खेलमध्ये कम्तीमा पनि २ वटा खेल जित्नुपर्ने अवस्था छ । नेदरल्यान्ड्स भने अब एक जितले मात्र पनि अघिल्लो चरणमा पुग्नेछ ।

नेपाल रहेको समूह ‘बी’ मा थाइल्याण्ड, जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् ।

कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी रहेका छन् ।

Share Now