ललितपुर, २२ कार्तिक । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदातासमक्ष पु¥याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज पूर्णता दिइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
मुख्य सचिव पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइए अनुसार केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति देहाय बमोजिम रहेको छ ।
नेपाली कांग्रेसकेन्द्रीय प्रचार प्रसार समन्वय उपसमिति