काठमाडौँ, ९ माघः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु ९ हजार २ सय र चाँदी रु ३ सय २० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४ सय त्यति नै चाँदीको मोल रु छ हजार १ सय ९० कायम भएको छ ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार १ सय र त्यति नै चाँदीको मोल रु ५ हजार ९ सय २० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार ७सय त्यति नै चाँदीको मोल रु ५ हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु २ लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी रु ५ हजार ६ सय २५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ८ सय १० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९ सय ६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राजु सिलवाल काठमाडौँ, १९ असोज (रासस): जापानको नागोयामा आयोजित बीसौँ एसियाली खेलकुद एसियाडमा नेपालले हासिल गरेको परिणाम र नेपालका खेल अधिकारीहरुले गरेको अपेक्षामा ठूलो ठेस लागेको छ । राष्ट्रिय खेलकुद […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, १७ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]