काठमाडौँ, ९ माघः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु ९ हजार २ सय र चाँदी रु ३ सय २० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४ सय त्यति नै चाँदीको मोल रु छ हजार १ सय ९० कायम भएको छ ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार १ सय र त्यति नै चाँदीको मोल रु ५ हजार ९ सय २० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार ७सय त्यति नै चाँदीको मोल रु ५ हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु २ लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी रु ५ हजार ६ सय २५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ८ सय १० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९ सय ६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
काठमाडौँ, १० कात्तिकः जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मागसहित नेपालका विषयलाई प्राथमिकताका साथ उठाउन नागरिक समाजका तर्फबाट सुझाव दिइएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा आज यहाँ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]