Prakash Adhikari January 23, 2026

पोखरा(कास्की), ९ माघ। पोखरामा आजदेखि सुरु भएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टोली एपिएफ क्लबले गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ । खेलमा एपिएफले पहिलो सेट २६–२४, दोस्रो सेट २७–२५ र चौँथो सेट २५–१९ ले जित्यो भने तेस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा पुरुषतर्फ आर्मी र दोस्रो खेलमा महिलातर्फ न्यू डायमन्ड विजयी भए ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष तर्फको पहिलो खेल जितेको छ भने महिलातर्फको पहिलो खेलमा पराजय भोगेको छ ।

आर्मी क्लबले  टाइगर कप भलिबलको पहिलो खेलमा पुरुषतर्फ सोझो सेटमा जित हात पारेको छ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० ले पाखा लगाएको हो। योसँगै टोलीले ३ अंक जोडेको छ।

टोलीले २५–१५, २५–२२ र २५–१० को सहज जित निकाल्यो।

खेलभरि उत्कृष्ट प्रदर्शन गरेका सुशिल बोहरा ‘टाइगर अफ दी म्याच’ घोषित भए।

 

न्यु डायमन्डसंग महिला टोली पराजित

आज भएको उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा न्यु डायमन्डले ३–० को जित हात पारेको हो। योसँगै टोलीले ३ अंक जोडेको छ। नवौं एनभीए च्याम्पियनसिप र शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल च्याम्पियनसिप जितेर पोखरा पुगेको न्यु डायमन्डले खेलको सुरुदेखि नै दबाब कायम राखेको थियो।

टोलीले २५–१३, २५–१६ र २५–८ को सहज जित निकाल्यो।

खेलभरि उत्कृष्ट प्रदर्शन गरेकी सलिना बुढामगर ‘टाइगर अफ दी म्याच’ घोषित भइन्।

पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी टाइगर कप माघ १७ गतेसम्म चल्नेछ ।   प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपियाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपियाँ पाउने छन् ।

तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ नगद प्रदान गरिने आयोजक टाइगर गु्रप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६ सय ६६ र विधागतमा उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ नगद प्राप्त गर्नेछन् ।

 

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशको प्रमुख डिल्ल्लीराज भट्टले गर्नुभएको थियो ।

Share Now