Prakash Adhikari January 26, 2026

कीर्तिपुर(काठमाडौं), १२ माघ। आईसीसी टी २० विश्वकप ग्लोबल छनोट अन्तरगत आज भईरहेको खेलमा आयोजक राष्ट्र नेपाललाई स्कटल्याण्डले १ सय ४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनाएको हो।

स्कटल्याण्डका लागि प्रियानाज चटर्जीले ४५ रन नटआउट बनाइन भने ऐसा लिष्टले २२, साराह ब्रेसले १८,मेघन म्याकवेलले १७, रचेल स्लाटरले ११,कार्थिन ब्रेसले ८, चोलि अवेलले ४ डेसी कार्टर र अब्ताह मक्सूदले १ । १ रन बनाए । ओलिभिया बेल र क्याथरिन फ्रासर खाता नखोली आउट भए ।

स्कटल्याण्डलाई रोक्ने क्रममा मनिषा उपाध्यायले ४, रुविना क्षेत्री बेल्बासेले ३,रिया,सीता रानामगर र कविता जोशीले एक एक विकेट लिए ।

अहिले नेपालले ब्याटिड. गरेको छ र खेल ६.५ ओभरमा नेपालले ३ विकेट गुमाउदै ३७ रन जोडेको छ ।

सम्हालिन नसक्दान नेपालले विन्दु रावल,संझना खड्का र पूजा महतोलाई गुमाएको छ ।

Share Now