Prakash Adhikari January 26, 2026

 

बैंकक(थाइल्याण्ड), १२ माघ । थाइल्याण्डमा भएको साफ फुटसल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ।

आज अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४ -१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएकोपछि नेपाल‌ तेस्रो स्थानमा पुगेको थियो।

भारतसँग समान ११ अंक भएपनि गोलअन्तरमा पछि‌ पर्दै नेपाल तेस्रो भएको हो।

यसअघि नेपालले आफ्नो अन्तिम खेलमा भुटानलाई हराएको थियो।

Share Now