काठमाडौँ, १५ माघः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशाययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिनुभएको छ ।
त्यस अवसरमा उहाँले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रकोतर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युत्को विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताउनुभएको छ । अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरु जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडिपी तयार रहेकोसमेत उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेको बताउनुभयो ।
“गत भदौको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइसकेका छौँ । निजीक्षेत्र कुनै पनि आयोजना तोकिएका समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको बनाउनुभयो । “निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजीक्षेत्र किन सधैँ उपक्षित भएको छ”, उहाँले प्रश्न गर्नुुभयो ।
— जयप्रकाश आनन्द विश्वका धेरै प्रजातान्त्रिक मुलुकहरूमा पछिल्ला वर्षहरूमा मतदाताको मनोविज्ञान तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। उग्र राष्ट्रवाद, धार्मिक तथा सांस्कृतिक बहुसंख्यकवाद, लोकप्रियतावादी नेतृत्व र परम्परागत संस्थाप्रतिको अविश्वास आज […]
काठमाडाँै, २४ पुसः सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको […]
काठमाडौँ, ६ जेठ ः विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको […]
Kathmandu, Oct 16: Kanchha Sherpa, a member of the first successful Mt Everest climbing team, has passed away at the age of 92. Edmund Hillary and Tenzing Norgay Sherpa reached […]