काठमाडौं, १८ माघ । साताको पहिलो कारोबार दिन आज आईतबार नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जारी गरेको विवरण अनुसार आज धितोपत्र बजार परिसूचक १९.८५ अंकले ओरालो लागेर २६९४.२० बिन्दुमा खुम्चिएको छ ।
यस दिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले ओरालो लागेर ४५९.९१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज ३ सय २९ स्टकको १ लाख १० हजार ७ सय २८ पटकको कारोबारमा २ करोड २० लाख ६० हजार ४ सय ५४ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २ सय ७८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
समग्रमा घटेको बजारमा पनि आज ५० कम्पनीहरुको शेयर मूल्य बढेको छ । अधिक शेयर मूल्य बढ्ने कम्पनीहरुमा मिथिला लघुवित्त, क्रेष्ट माइक्रो इन्सुरेन्स, शिवश्री हाइड्रोपावर, आँखुखोला जलविद्युत, युनियन हाइड्रोपावर, हिमालयन ऊर्जा, सिन्धु विकास बैंक, एभरेष्ट बैंक ८५ डिबेञ्चर र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनमा बढेको छ ।
यस दिन अधिक मूल्य घटेका कम्पनीका शेयरहरुमा कर्पोरेट विकास बैंक, रावा इनर्जी, कालिका पावर,हिमस्टार पावर,ट्रेड टावर लिमिटेड,सुलभ पावर, सान्भी इनर्जी, राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फण्ड, नेपाल वेयर हाउस कम्पनी लिमिटेड र एसवाई प्यानेल रहेका छन् ।
कारोबारको हिसाबले यस दिन उच्च कारोबार हुने कम्पनीहरुमा आँखुखोला जलविद्युत, एसवाई प्यानेल, राँधी हाइड्रो, युनियन हाइड्रो, शिवश्री हाइड्रो, न्यादि पावर लिमिटेड,हिमाल दोलखा हाइड्रोपावर, बन्दिपुर केवलकार र श्रीनगर एग्रोटेक लिमिटेड रहेका छन् ।


















