काठमाडौँ, १८ माघः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४ सय ले घटेको छ । आइतबार प्रतितोला रु ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु २ लाख ८६ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला रु ५ हजार ५ सय मा कारोबार भएको चाँदी आज रु ५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला रु तीन लाख ३९ हजार ३०० पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा रु ५२ हजार ७ सयले घटेको हो ।
—


















