Prakash Adhikari February 3, 2026

पोखरा(कास्की), २० माघ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका आफ्ना अभिकर्ताहरुलाइ एक दिवसीय तालिम प्रदान गरेको छ ।

कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरी छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने १ सय ८५ जना अभिकर्ताहरुलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रशिक्षणको क्रममा वहाँले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरु अबलम्बन गरि फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृती राज कंडेलुले यस प्रकारको तालिमबाट अभिकर्ताहरुको मनोबल वृद्धि भै आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको हुँदा कम्पनीले अभिकर्ताहरुलाइ उत्कृष्ट तालिम दिने गरि प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता भन्ने नारासहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट ७ सय भन्दाबढी छनौट भएका सबै अभिकर्ताहरुलाई पायक पर्ने बिभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । साथै उहाँले शाखा स्तरमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशीलप्रताप राणाले अभिकर्ताहरुलाई आजको तालिमबाट सिकेको ज्ञानलाई ब्यबहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफुलाई अब्बल साबित गरेर देखाउनु हुनेछ भन्ने आपेक्षा रहेको बताउनु भयो । पोलिसी सर्भिसिङ बिभाग प्रमुख सुस्मिता राणाले धन्यबाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस प्रकारको उत्कृष्ट तालिमबाट आफुहरुको मनोबल उच्च भएको हुँदा आगामी दिनहरुमा बिमा ब्यबसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको बताउनुभएको थियो ।

Share Now