Prakash Adhikari February 3, 2026

 

माले(माल्दिभ्स्), २१ माघ । नेपाल पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीसँग खेल्दै काभा लिग महिलाको उपाधि रक्षाको यात्रा सुरु गर्नेछ।

काभा क्लब च्याम्पियनसिपको पहिलो संस्करण जितेको पुलिस यसपटक समूह ‘बी’ मा छ। नेपालले पहिलो खेल बिहीबार हुमोसँग खेल्नेछ।

पुलिसले शुक्रवार इरानको फुलाड एमएससँग र समूह चरणको अन्तिम खेल आयोजक माल्दिभ्सको हुर्रा सिसीसँग खेल्नेछ।

समूह ‘ए’ मा माल्दिभ्सको क्लब हुम्को, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एफसी छन्। राउन्ड रोबिन लिगपछि समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

पुलिसले उपाधि रक्षाका लागि टोलीलाई मजबुत बनाउने क्रममा ३ खेलाडीलाई‌ अनुबन्ध गरेको छ। टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी सलिना श्रेष्ठ र सुमित्रा रेग्मी तथा एभरेष्टकी‌ मिना सुनारलाई टोलीमा समेटेको‌ छ।

गत वर्ष सुमित्रासँग‌ एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्नालाई टोलीमा लगेको थियो।

Share Now