काठमाडौं, २१ माघ । नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः तीव्र गतिमा उकालो लागेको छ । यस दिन सुनको मूल्य बढेर फेरि ३ लाख रुपैयाँ नाघेको छ । यस दिन सुन प्रतितोला १४ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


















