Prakash Adhikari February 8, 2026

मुम्बई(भारत), २५ माघ । आईसीसी टी २० पुरुष विश्वकप अन्तरगत नेपालको पहिलो खेलमा नेपालले छैठौं सफलता पाएको छ ।

नेपाललाई छैठौ सफलता नन्दन यादवले दिलाएका हुन् । उनले १९ औं ओभरको दोस्रो बलमा ह्यारी ब्रुकको विकेट लिएका हुन् ।

यस अगाडि दीपेन्द्रसिंह ऐरीले पाँचौ विकेट दिलाएका थिए । उनले १६ ओभरको तेस्रो बलमा साम कुरानको विकेट लिएका हुन् ।

यस अगाडि ऐरीले नै ज्याकब बेथमको विकेट लिएका थिए । उनले १४ ओभरको चौथो बलमा नेपालका लागि चौथो विकेट लिएका हुन ।

त्यस अगाडि नेपालका चर्चित बलर सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका थिए ।

सातौ ओभरमा बलिड. गर्न आएका सन्दीपले पहिलो बलमा नै इंग्ल्याण्डका टम ब्यान्टनलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।

यसभन्दा पहिले नेपाललाई दोस्रो विकेट नन्दन यादवले दिलाएका थिए भने पहिलो विकेट शेर मल्लले ।

पाँचौ ओभरमा बलिड. गर्न आएका नन्दन यादवले तेस्रो बलमा जस बटलरको विकेट लिएका हुन् ।

यस अगाडि दोसो ओभरमा बलिड. गर्न आएका शेर मल्लले पहिलो बलमा नै विकेट लिएका थिए।

पहिलोपटक विश्वकपमा डेब्यु गरेका शेर मल्लले नेपाललाई पहिलो विकेट दिलाएका हुन् ।

दोस्रो ओभरमा पहिलो स्पेलमा आएका शेर मल्लले पहिलो बलमा नै इंग्ल्याण्डका ओपनर पीडी साल्टको विकेट लिएका हुन् ।

टस जितेर इंग्ल्याण्डले ब्याटिड. रोजेपछि नेपालले फिल्डिड. गरेको थियो ।

Share Now