Prakash Adhikari February 11, 2026

 

मुम्बई(भारत) र कोलम्बो(श्रीलंका), २८ माघ । जारी १० औं आईसीसी टी २० विश्वकप अन्तरगत आज भएका खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई पराजित गरेको छ भने अष्ट्रेलियाले आयरल्याण्डलाई दिएको

मुम्बईको वानखेडे रंगशालामा बुधबार सम्पन्न खेलमा इङ्ल्यान्डलाई ३० रनले पराजित गरेको हो। वेस्ट इन्डिजले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको इङ्लिस टोली १८.५ ओभरमा १ सय ६६ रनमा अलआउट भयो।

जितसँगै वेस्ट इन्डिजले २ खेलबाट ४ अंक पुर्‍याएको छ। स्कटल्यान्ड र इङ्ल्यान्डको समान २ अंक छ। यी तीन टिमले समान दुई खेल खेलेका छन्।

समान एक खेल खेलेका नेपाल र इटाली अंकविहीन छन्। यी दुई टोलीले बिहीबार यही रंगशालामा खेल्नेछन्।

खेलमा इंग्ल्याण्डका साम करनले अविजित ४३ रन बनाए। ज्याकोब बेथेलले ३३ र फिल साल्टले ३० रन बनाए।

वेस्ट इन्डिजका गुडकेश मोतीले तीन विकेट लिए। रोस्टन चेसले दुई विकेट लिए। अकिल हुसेन र रोमारियो शेफर्डले एकरएक विकेट लिए।

टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। शेर्फेन रदरफोर्डले ७ छक्काको मद्दतले ७६ रन बनाए।

वेष्ट एण्डिजलाई रोक्न आदिल रशिदले २ विकेट लिएका थिए।

आजै श्रीलंकाको प्रेमदासा रंगशालामा सम्पन्न १४ औं खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको छ । खेलमा अष्ट्रेलियाले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्याण्डले पूरा गर्न सकेन ।

उनले २० ओभरको निर्धारित खेलमा १६.५ ओभरमा १ सय १५ रन जोडेको अवस्थामा नै अलआउट हुन गयो ।

Share Now