मुम्बई(महाराष्ट्र, भारत), ५ फागुन । आईसीसी टी २० विश्वकप अन्तरगतको समूह चरणको नेपालको अन्तिम खेलमा स्कटल्याण्डले नेपाली टिमलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईको वानखडे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको खेलमा टस जितेर नेपालले फिल्डिड. रोजेपछि ब्याटिड.मा आएको स्कटल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ७० रन जोडेको छ ।
स्कटल्याण्डको लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । खेलमा जर्ज मुन्सेले २७, ब्राडन म्याकमुलनले २३, रिचि बेरिड.टन र मार्क वाटले १०। १०, ट्रम ब्रुसले ५, म्याथु क्रसले ४, माइकल लिस्कले ४ र ओलिभर डेभिन्सनले १ रनको योगदान दिए ।
बलिड.मा नेपालको आजको सुरुआत राम्रो भएन । नेपालले ओपनर जर्ज मुन्सेको पहिलो विकेट नै ९.६ ओभरमा ८० रन पुगेको बेला लिन सक्यो । माइकल जोन्सको दोस्रो विकेट १५.२ ओभरका १ सय ३२ रन पुगेको बेला झर्यो । ब्राण्डन म्याकमुलेनको तेस्रो विकेट १५.४ ओभरमा १ सय ३३ रन जोडेको बेला झर्यो । रिचि बेरिटनको चौथो विकेट १६.६ ओभरमा १ सय ४५ रन लिएको बेला नेपालले लियो । नेपालले म्याथु क्रसको पाँचौ विकेट १७.३ ओभरमा १ सय ५० रन पुगेको बेला लियो । छैठौ विकेट १८.४ ओभरमा १सय ५६ रन पुगेको बेला झार्न नेपाल सफल भयो । नेपालले सातौ विकेटमा माइकल लिस्कलाई १९.४ ओभरमा मैदानबाट बाहिर पठाउन सक्यो, त्यतिवेला स्कटल्याण्डले सातौं विकेट लिइसकेको थियो ।
स्कटल्याण्डलाई रोक्न नेपालका सोमपाल कामीले ३, नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १ । १ विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन । तीन ओभर बलिड. गरे पनि कुनै विकेट लिन सकेनन् ।


















