Prakash Adhikari February 19, 2026

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

सभापति गगनकुमार थापा, उपसभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसालसहितका नेताहरूको उपस्थितिमा ऐतिहासिक सांस्कृतिक नगर जनकपुरधामबाट १० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा सभापति गगन थापाले मधेशको वित्तीय संरचना खलबलिएको दावी गर्दै मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताए । उनले‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहेको बताउंदै आफू मधेशको दलित, अल्पसङ्ख्यक, महिला प्रत्येकका निम्ति नयाँ सोच लिएर आएको बताए।

यी हुन् नेपाली कांग्रेसका भिजन १०

कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरेको छ । जसलाई अर्को शब्दाबली कांग्रेसले ‘कांग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्यख्या गरेको छ । पुनरुत्थानमा सफल सुरुआत गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न संकल्प लिएको छ ।

१. सम्मानित भएर बाँच्न पाउने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्किने नेपाल

Share Now