बीरेन्द्रनगर(सुर्खेत,कर्णाली प्रदेश), ७ फागुन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीको सरकार आए भ्रष्टाचारलाई पूर्णरूपमा नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजित आमसभामा सार्वजनिक गरिएको पार्टीको चुनावी वाचा पत्रमा त्यस्तो प्रतिवद्धता गरिएको हो । त्यसको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाइने रास्वपाले उल्लेख गरेको छ ।
रास्वपाको चुनावी घोषणा पत्रमा ५ वर्षभित्र ५ लाख रोजगारी सिर्जना गरिने दावी गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा जोड दिई युवाहरूलाई स्वरोजगार बनाउने बताएको छ।
यसका लागि स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन दिइने, विदेशी लगानी आकर्षित गरिने र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाइने दावि गरिएको छ।
रास्वपाले शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने ठोस योजना प्रस्तुत गरेको छ शिक्षा क्षेत्रको लागि मेट्रोफन्ड कम्पनी स्थापना गर्ने र बुँदा ६६ मा ३ बच्चासम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।
यसबाहेक, विश्वविद्यालयहरूलाई स्वायत्त बनाउने, डिजिटल शिक्षा प्रणाली लागू गर्ने र शिक्षकहरूको क्षमता विकासमा जोड दिइने रास्वापले उल्लेख गरेको छ।
पार्टीले स्वास्थ्य बीमालाई सार्वभौमिक बनाउने रास्वपाको घोषणा गरेको छ।
पार्टीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने, औषधि मूल्य नियन्त्रण गर्ने र महामारी नियन्त्रणका लागि पूर्वाधार तयार पार्ने विषय पनि वाचापत्रमा उल्लेख गरेको छ।


















