स्टन, टेक्सस(संयुक्त राज्य अमेरिका), २५ भदौ । ग़ुल्मी समाज ह्युस्टनको अजयोजनामा नेपाली समुदायका महिलाहरुले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेर तीज मनाएका छन् ।
नेपाली महिलाहरुको सांस्कृतिक पर्वको रुपमा रहेको तीजको गीत र संगीत सामूहिक नृत्यले ह्युस्टनको हल गुञ्जयमान भएको थियो । स(शुल्क दर कार्यक्रममा उल्लेखनीय सहाभागिता जनाएको आयोजकहरुले बताएका छन्।
गुल्मी समाजको तीज विशेष कार्यक्रममा एलिमेन्ट्रीस्तरमा पढिरहेका र त्यसभन्दा माथिल्लो स्तरको विद्यालय अध्ययन गरिरहेका नानीहरुको लागि प्रतियोगितात्मक नृत्य समेत आयोजना गरिएको थियो।
प्रतियोगितामा एलिमेन्ट्री समूहबाट युनिशा अर्याल प्रथम भइन भने सदीक्षा रिमाल र स्तुति ज्ञवाली द्वितीय । दृष्टी शर्मा तृतीय भइन्। यसैगरी मिडलरहाइस्कुल समूहबाट कृति सापकोटा उत्कृष्ट ठहरिइन्। संयुक्त नृत्य प्रस्तुत गरेका सिमुन खरेल र अस्मिता घिमिरे द्वितीय भएका थिए भने जाइका भण्डारी र अनिशा पोख्रेल तेृतीय भएका थिए ।
स्थानीय ताजहलमा भएको र करीब २ सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम संचालन गुल्मी समाजका सचिव लक्षण भण्डारीले गर्नुभएको थियो भनेसमाजका अध्यक्ष भिष्म मरासिनीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।