Prakash Adhikari March 3, 2026

काठमाडौं, १९ फागुन । रोयल नेपाल गोल्फ क्लब र हार्ट टु हार्ट गल्फ प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २८ फेब्रुअरी २०२६ शनिवार प्रतिष्ठित रोयल नेपाल गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ, शिभाङ्कजंग थापाले ४१ अंकको प्रभावशाली स्कोर बनाउदै च्याम्पियन बन्नुभयोे । ब्रिगेडियर जनरल (सेवानिवृत्त) विष्णु बहादुर कार्कीले ३४ अंकका साथ उपविजेता बन्नुभयो ।

ग्रसतर्फ सरोज थापाले ३४ अंक बटुल्दै ग्रस विजेताको उपाधि हासिल गर्नुभयो भने महिलातर्फ अवनी राईले कुल ३० अंक बटुल्दै उपाधि जित्नुभयो ।

सिनियर वर्गमा, मदन राणा ३७ अंकका साथ विजेता बन्नुभयो । यस क्याटगोरीमा हरिबहादुर श्रेष्ठले ३६ अंक हासिल गर्दै उपविजेता बन्नुभयो ।

सुपर सिनियर श्रेणीमा, मेजर जनरल (रिटायर्ड) ओम पुनले २६ अंकका साथ विजेताको स्थान सुरक्षित गर्नुभयो ।

विशेष पुरस्कारहरूमध्ये, आशिषमान शेरचनले कुल ४ बर्डीका साथ सबैभन्दा धेरै बर्डीहरू रेकर्ड गर्नुभयो । होल नम्बर ११ मा सबैभन्दा लामो ड्राइभ जय आचार्यले हासिल गर्नुभयो, जबकि होल नम्बर १२ मा सबैभन्दा नजिकको पिन लेफ्टिनेन्ट कर्णेल निश्चयजंग रायमाझीले जित्नुभयो ।

प्रतियोगिता सम्पन्न भएपछि क्लब परिसरमा आयोजित एक विशेष समारोहमा पुरस्कार वितरण गरिएको थियो। विजेता र उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई मधुकर याक्थुम्बा (अध्यक्ष, आरएनजीसी), रोशन न्याछोन (अध्यक्ष, हार्ट टु हार्ट), निलम थापा राई, मिथुन राई (क्याप्टेन, आरएनजीसी), डा. रवि मल्ल, र डा. शंकर काफ्ले लगायत विशिष्ट अतिथिहरूले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता स्टेबलफोर्ड ३ ४ ह्यान्डिक्याप ढाँचामा खेलाइएको थियो, जसमा सबै सहभागीहरुले ठूलो उत्साह, प्रतिस्पर्धात्मक भावना र खेल भावना प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रतियोगितालाई अविश्मरणीय,भव्य र सफल बनाउने सबै सहभागीहरू, प्रायोजकहरू र आयोजकहरूको हार्दिक प्रशंसा गरिएको थियो ।

Share Now