Prakash Adhikari March 4, 2026

बाग्लुड., २१ फागुन ।अशोक सिलवालको ‘हिमालय टु ओसयिनन नेपाल किताब यात्रा’लाई ‘महिला हित’ले स्वागत गरेको छ । बाग्लुङ जिल्लाको बाग्लुङ बजारस्थित महिला हित वचत तथा ऋण सहकारी संस्थाले यात्रालाई स्वागत गरेको हो ।

संस्थाकी अध्यक्ष लीला खड्काले लेखक सिलवाललाई कार्यालयमा स्वागत गर्दै नेपाल किताब यात्राको देशको ७७ वटै जिल्लामा मात्र नभई विश्वका अनेक देशमा पुगोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

यसअघि बाग्लुङस्थित कालिका भगवती मन्दिरमा पनि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले सिलवाललाई स्वागत गर्नुभएको थियो ।

किताब यात्रामा अशोकका तीन कृतिहरू ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भवः’ र ‘श्रीलंका स्मृति’ समेटिएका छन् ।

‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले गन्तव्यभन्दा यात्रामा खास हो भन्ने सन्देश दिन्छ । ‘अप्प दीपो भवः’ तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थ मानिने कैलाश–मानसरोवर यात्राका आध्यात्मिक अनुभूतिहरूलाई समेट्दै ‘आफ्नो उज्यालो आफैं बाल्ने’ जीवनदर्शन प्रस्तुत गर्ने कृति हो । ‘श्रीलंका स्मृति’ हिमालयमा जन्मिएको यात्रीले महासागरको भूगोलसम्म पुग्दा अनुभूत गरेको एक प्रकृतिको भावना अभिव्यक्त गर्ने कृति हो ।

लाङटाङ सद्भावना दूत समेत रहनुभएका लेखक सिलवालका अनुसार ‘हिमालय टु ओसियन नेपाल किताब यात्रा’को मूल उद्देश्य मानिसलाई प्रकृतिसँग जोड्नु, आत्मचेतनातर्फ फर्काउनु तथा विश्व मानवताको साझा भाव फैलाउनु हो । यसअघि विद्यालयकेन्द्रित यो किताब यात्रा अब विद्यालय मात्र नभई समाजका विभिन्न तहसम्म विस्तार गर्दै नेपालका सबै ७७ जिल्लामा पुर्‍याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो

Share Now