काठमाडौं, २३ फागुन । काठमाडौं जिल्लाका थप दुई निर्वाचन क्षेत्रको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)तर्फ गएको छ ।
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित हुनभएको छ भने काठमाडौं ६ बाट शिशिर खनाल । उहाँहरु दुर्व जना पुनः निर्वाचित हुनुभएको हो । दुवैजना २०७९ को प्रतिनिधिसभामा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
श्रेष्ठ यसपटक २४ हजार ५ सय ९२ मतका साथ विजयी हुुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत पाउनुभयो ।
यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९ सय ९ मत पाउनुभयो।
काठमाडौं ६ बाट शिशिर खनाल निर्वाचित
काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल पुनःविजयी हुनुभएको छ । उहाँ २७ हजार ७ सय ११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत ल्याउनुभयो भने नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत । त्यस्तै राप्रपाका उद्धवराज भेटुवालले २ सय ९० मत र नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा)ले २ सय ३१ मत ल्याउनुभयो।


















