Prakash Adhikari March 7, 2026

 

भरतपुर(चितवन), २३ फागुन । चितवनको क्षेत्र ३ नम्बरबाट रास्वपाकी सोबिता गौतम यस चुनावमा हालसम्मकै सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ ।

गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गर्नुभएको छ । गौतमले भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहाललाई पराजित गर्नुभएको छ। मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेकी दाहाललाई गौतमले ३८ हजार भन्दा धेरै मतान्तरले पछि पार्नुभएको छ ।

दाहालले २० हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका शंकर थपलियाले ५ हजार ४ मत प्राप्त गर्नुभएको छ ।

विसं २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा राप्रपाका विक्रम पाण्डेले ३५ हजार ६० मतले जित्नुभएको थियो ।

Share Now