काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसले अहिलेसम्म प्रतिनिधि सभा सदस्यका १० क्षेत्रमा निर्वाचन जितेको छ।
रसुवामा मोहन आचार्य, तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, कपिलवस्तुमा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, अछाम १ मा भरतकुमार स्वार र डोटीमा भरतबहादुर खड्काले निर्वाचन जित्नुभएको हो।
कांग्रेस अझै ११ निर्वाचन क्षेत्रको मतगणनमा अगाडि छ। ती सबै जितेमा कांग्रेसले प्रत्यक्षतर्फ २१ सिट जित्ने छ ।


















