कम्पाला(युगाण्डा), ३० भाद्र । अध्ययन र रोजगारीका लागि नेपालीहर संसारका कुना कुनामा पुगेसंगै नेपाली धर्म,संस्कृति र चाड पर्वहरु पनि संसारभर विस्तार हुँदै गएका छन् ।
अफ्रिकाको युगाण्डामा रहेका नेपालीहरुको संगठन एनआरएन युगान्डाका आयोजनामा यसबर्षको तीज कार्यक्रम युगाण्डामा रहेका नेपाली चेलिबेटीहरुले भब्य रुपमा मनाएका छन् ।
एनआरएनए युगाण्डाका पूर्व अध्यक्ष एवं आइसीसी सदस्य जीवनाथ पंगेनीले तीज पर्वमा नेपाली दिदीबहिनीहरुको उल्लेख्ख सहभागिता रहेको र भब्य रपमा कार्यक्रम सम्पन्न भएको बताउनुभएको छ ।
एनआरएन युगान्डाका अध्यक्ष राजमणी भण्डारीका अनुसार तीज कार्यक्रममा करिब ४५ जना नेपाली दिदीबहिनीहरुको सहभागिता थियो । युगान्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेस्तुरेन्टमामा धुमधामाका साथ सो पर्व मनाइएको थियो ।