Prakash Adhikari November 15, 2017

 

केर्मनशाह(इरान),२८ कार्तिक । इरानी राष्ट्रपति हसन रुहानीले गत आइतबार कम्तीमा ४ सय ६० जनाको ज्यान जाने गरी गएको शक्तिशाली भूकम्पबाट प्रभावित स्थलहरुको भ्रमण गरिरहेका छन्।

केर्मनशाह क्षेत्रको निरीक्षण गर्दै राष्ट्रपति रुहानीले राहत प्रयासमा सबै सरकारी स्रोत परिचालन गरिएको बताएका छन्।

उनले घर बनाउँदा मापदण्ड पालना नगरिएको भए त्यसमा संलग्नहरुलाई जवाफदेही बनाउने जनाए।

भूकम्पमा मृत्यु हुने मानिसको संख्या कम्तीमा ४ सय ६० पुगेको र हजारौं घाइते भएको विवरणहरुमा उल्लेख गरिएको छ।

बाध्य

१२ हजार आवासीय घर ध्वस्त भएका छन्।

घर गुमाएका मानिसहरु दोस्रो रात पनि खुलास्थानमा चीसोमा बस्न बाध्य भएका छन्।

उनीहरुले सहयोगका लागि अपील गरिरहेका छन्।

सरकारले सयौं घर ध्वस्त भएको केर्मनशाह क्षेत्रमा सहयोग पुर्याउन संघर्ष गरिरहेको छ।

कैयौं पीडित पालमुनि बसिरहेका छन्।

आफूहरुलाई खाना र पानीको अभाव भएको उनीहरुले बताएका छन्।

यहाँ एकदमै चीसो छ र हामी आफ्ना केटाकेटीलाई न्यानो राख्न अंगालो मारेर बस्न बाध्य छौं

एक जना भूकम्पपीडित

एक जना पीडितले भने, ुुयहाँ एकदमै चीसो छ र हामी आफ्ना केटाकेटीलाई न्यानो राख्न अंगालो मारेर बस्न बाध्य छौं।ुु

त्रास
आइतबार राति ७ दशमलब ३ म्यानिच्युडको भूकम्पपछि २ सयजति परकम्प आएका छन्।

त्यसका कारण मानिसहरु त्रासमा रहेको बताइएको छ।
उक्त भूकम्प विश्वभर यो वर्ष गएका भूकम्पमध्ये सबैभन्दा शक्तिशाली हो।

सहायता निकायहरुका अनुसार, ७० हजारजति मानिसलाई बासको खाँचो छ।

राष्ट्रसंघले आफू त्यसमा सहयोग गर्न तयार रहेको बताइसकेको छ।

Share Now

Leave a comment.