Prakash Adhikari March 26, 2026

काठमाडौँ, १२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।

संसदीय दलको नेता चयन गरेपछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने बाटो खुल्ने छ । उहाँ संसदीय दलको नेता बनेको जानकारी पार्टीको संसदीय दल र पार्टीका तर्फबाट राष्ट्रपतिलाई जानकारी दिएपछि उहाँलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भोलि रामनवमीको शुभसाइतमा गरिने भएको छ ।

Share Now