Prakash Adhikari March 28, 2026

काठमाडौं, १५ चैत्र । हिजो एकाबिहानै अदालतको अनुमति बेगर पक्राउमा पर्नुभएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ।

गत भदौ २३–२४ गते जेनजी प्रदर्शन हिंसात्मक हुँदा ७६ जनाको मृत्यु र दुई हजार चार सयभन्दा बढी घाइते भएका थिए, जसको छानबिन आयोगले ओली र लेखकलाई जिम्मेवारीबाट मुक्त हुन नसक्ने ठहर्‍याएको छ।

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।

Share Now