Prakash Adhikari March 31, 2026

काठमाडौँ, १७ चैत्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक आज स्मार्ट होटल धुम्बराहीमा बस्यो ।

पुरानो कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समापतित्वमा बसेको बैठकले देशको राजनीतिक अवस्थाको गहन विश्लेषण गर्दै जेनजी आन्दोलनका नाममा नियोजित ढंगले नेपाली कांग्रेसलाई कमजोर पार्ने श्रृखला सुरु गरिएको र अन्तरिम सरकारको गठन, प्रतिनिधि सभाको विघटन, नयाँ चुनावको घोषणा, नेपाली कांग्रेसमा विभाजन, राज्ययन्त्रको दुरुपयोग गरी चुनावी सरकार बनाउने खास पार्टीलाई जिताउने प्रपञ्च, नयाँ सरकार गठन भएपश्चात् नेपाली कांग्रेस र एमालेका नेताहरुलाई पूर्वाग्रहपूर्वक धरपकड गरी थुनामा राखेर बदनाम गराइएका घट्नाका सन्दर्भमा व्यापक छलफल गरेको थियो ।

बैठकमा १४ औं महाधिवेशनमा देशभर र विदेशमा रहेका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु सहभागी भएर निर्वाचित भएको नेतृत्वलाई सकुनी पाराले विशेष महाधिवेशन बोलाएर होहल्लाका भरमा नयाँ नेतृत्व चयन गरेर नेपाली कांग्रेसलाई विभाजित र निष्क्रिय तुल्याउदै संविधान,संसद र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने षड्यन्त्रकारीहरुको निर्देशन अनुरुप चलेर युवा नेतृत्वले नेपाली कांग्रेसको इतिहास र वर्तमानलाई धुमिल पार्दै पार्टीलाई इतिहासमै सबैभन्दा कमजोर बनाएको विषयमा पनि बैठकमा विषद छलफल भएको थियो ।

बैठकमा तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित नेतृत्वले प्रतिनिधि सभामा समानुपातिक सांसद सिफारिसमा झेल गरेको विषय उठेको थियो । बैठकमा कार्यवाहक सभापति खड्काले पिछडिएको क्षेत्रमा १ नम्बरमा रहेको नाम हटाएर ७ नम्बरमा रहेकालाई राखिएको बताउनुभएको थियो ।

‘विशेष महाधिवेशन वाला नेतृत्वले समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटाको ७ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई सांसद बनाइएको कुरा उठेको थियो । गगन कांग्रेसले गरेको सो निर्णयविरुद्ध तिमिल्सिना सर्वोच्च अदालत जानु भएको छ । त्यो रिट दर्ता भएको छ ।

त्यस्तै दलित कोटाका मानबहादुर नेपालीले पनि पक्षपात भएको भन्दै सर्वोच्च अदालत जानुभएको कार्यबाहक सभापति खड्काले बताउनुभएको थियो ।

बैठक भोलि १ बजे बस्ने गरी समापन गरिएको छ । भोलिको बैठकमा पार्टीको १५ औ महाधिवेशनको समय तालिका प्रक्रियाका सम्बन्धमा छलफल गरी निर्णय लिइने बताइएको छ ।

आजको बैठकमा ८४ जना नेताहरू सहभागी हुनुभएको बताइएको छ । बैठकमा सहभागी हुनका लागि पार्टीका पूर्वमुख्य सचिव कृष्णप्रसाद पौडेलले ११४ जनालाई खबर गर्नुभएको थियो । ११२ जनाले आउने जानकारी गराएको उहाँले बताउनुभएको थियो ।

यी हुन् भेलामा सहभागी नेताहरू

 

पूर्णबहादुर खड्का
शेखर कोइराला
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
विजयकुमार गच्छदार
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा रण बहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक

प्रदेश सभापति

वीर बहादुर बलायर( सुदुरपश्चिम
ललितजंग शाही – कर्णाली

प्रत्यक्ष सिट
समानुपातिक

Share Now