Prakash Adhikari September 18, 2018

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौह पुरूष, गणेशमान सिंहको आज २१औं स्मृति दिवस हो ।

प्रजा परिषद्ले थालेको १९९७ सालको राणाविरोधी आन्दोलनमा सरिक भएर नेपालको लोकतान्त्रिक आन्दोलनमा लाग्नुभएका लौहपुरुष सिंह नेपाली राष्टिय कांग्रेसको संस्थापक सदस्य हुनुहुन्थ्यो । २००७ सालको क्रान्तिमा सक्रियतापूर्वक लाग्नुभएका उहाँ २०१५ सालमा भएको आम निर्वाचनमा निर्वाचित भई निर्माण तथा यातायात मन्त्री पनि बन्नुभयो । २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार र निर्वाचित संसदलाई समेत भंग गरि निर्दर्लीुय पञ्चायती व्यवस्था लागू गरेपछि उहाँ वीपी कोइरालासँगै जेलपर्नुभयो ।

जेलबाट छुटेपछि वीपीसंगै निर्वासनमा बस्नुभएका उहाँ २०३३ सालमा वी.पी.को मेलमिलाप नीतिको अनुशरण गरि उहाँसंगै नेपाल फकर्नुभएके थिनयो ।

२०३६ सालको जनमत संग्रहमा बहुदलीय शासन पद्धतिको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी अभियानमा खट्नुभएका उहाँ जनमत संग्रहमा धाँधली गरेर बहुदललाई पराजित गराइएकोले त्यसको परिणाम स्वीकार गर्न नसकिने मान्यतामा हुनुहुन्थ्यो । तर बीपीले जनमत संग्रहको प्रक्रिया स्वीकार गरेको हुनाले परिणाम अस्वीकार गर्न नमिल्ने तर्क दिएपछि उहाँले त्यसलाई मान्नुभयो ।

बहुदलीय व्यवस्था स्थापनाको लागि त्यसपछि पनि उहाँ चूप लाग्नुभएन । बहुदलीय व्यवस्था स्थापनाको लागि २०४२ सालमा भएको शान्तिपूर्ण सत्याग्रहमा पनि उहाँ सक्रिय हुनुभयो । सो सत्याग्रहमा सरकारी संलग्नतामा बम विष्फोट गराइएपछि सत्याग्रहका कार्यक्रम स्थगित भए ।

२०४६ सालमा उहाँकै निवासमा भएको नेपाली कांग्रेसको सम्मेलनले बहुदलीय प्रजातन्त्र पुनस्थापनाको लागि आन्दोलन गर्ने निर्णय गरेपछि उहाँले कम्युनिष्ट पार्टीहरुलाई पनि साथै लिएर हिड्ने सदासयता देखाउनुभयो । सो आन्दोलनले निरंकुश पञ्चायती व्यवस्थाको अन्त गरि बहुदलीय संसदीय व्यवस्था पुनस्थापना गर्यो ।

लोकतन्त्रलाई संस्थागत गर्न र खबरदारी गर्न उहाँले त्यसपछि पनि छोड्नु भएन । आफ्नै पार्टीको नेतृत्वको सरकारबाट भएका चित्त नबुझ्ने निर्णय उपर उहाँले विरोध जनाउनुभयो ।

पार्टीलाई सहीमार्गमा ल्याउन जागरण अभियान समेत सञ्चालन गर्नुभएका लौहपुरुष सिंहको देहावसान २१ बर्ष पहिले आजकै दिन भएको थियो

Share Now

Leave a comment.