कर्ण शाक्यको वाटर फ्रन्टमा पनि चल्यो डोजर
पोखराको फेवाताल किनारमा रहेको पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टमा पनि डोजर चल्यो।
सर्वोच्च अदालतले रिसोर्टका संरचनाहरू गैरकानूनी र तालको मापदण्ड विपरित ठहर गरेको र ६ महिनाभित्र अवैध संरचना हटाउनु भनेका कारण महानगरले शनिबार डोजर चलाएको जानकारी दिएको छ।
काठमाडौ गेष्ट हाउस (केजीएच) ग्रुपका नामबाट शाक्यले फेवाताल किनारमा वाटरफ्रन्ट नामक रिसोर्ट सञ्चालन गर्नुभएको छ । उहाँले २०६६ भदौ २४ गते पोखरा उपत्यका नगर विकास समितिबाट रिसोर्ट बनाउन सिफारिस लिनुभएको थियो ।
शाक्यले फेवाताल किनाराको ६५ मिटर भित्रै होटलको सरचना बनाएको भन्दै त्यसलाई भत्काउनुपर्ने ठहर अदालतले समेत गरिसकेको थियो ।
होटल तथा भवन निर्माण गर्दा कानून बमोजिम स्वीकृत प्राप्त भएको नदेखिएको र सार्वजनिक, पर्ति जग्गामा समेत रिसोर्टको संरचना खडा भएको देखिँदा फेवातालको दीर्घकालीन स्वच्छता, सुन्दरता र संरक्षणका लागि उक्त अनधिकृत रूपमा खडा भएको सम्पूर्ण संरचनासमेत हटाउनू भरेर अदालतले २०८२ असार ४ गते गरेको फैसलाको पूर्णपाठ फागुन ९ मा सार्वजनिक भएको थियो । सोही फैसला ६ महिनाभित्र कार्यान्वयन गर्न पोखरा महानगरले डोजर चलाएको हो ।


















