Prakash Adhikari April 6, 2026
गण्डकी, २३ चैत: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त अधिकारीले नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएकोे बताउनुभएको छ ।
दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा आज पोखराको अमरसिंद्ध नमूना मावि पचभैयामा आयोजित श्रीकान्त अधिकारी शतवार्षिकी विशेष ‘गुणस्तरीय शिक्षा र विविध आयाम’ विषयक अन्तरक्रियामा उहाँले अधिकारीले गर्नुभएको योगदान वर्तमान पुस्ताका लागि अनुकरणीय भएको बताउनुभयो ।
२०१५ सालको चुनावमा नेपाली कांग्रेसबाट लमजुड.बाट विजयी सांसद अधिकारीले जिल्लामा विद्यालयहरुको स्थापना गरी शैक्षिक जागरण ल्याउन र केन्द्रदेखि जिल्लासम्म राजनीतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । २०१७ सालको कू पछि राजाको सक्रिय नेतृत्वकालमा पनि उहाँले शासकीय सुधारका लागि विभिन्न जिल्लाको दौडाहा टोलीको नेतृत्व गर्नुभएको थियो ।
समाजमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सोच भएका अधिकारीबिपी कोइराला, कृष्णप्रसाद भट्टराई जस्ता राजनीतिक व्यक्तित्वसँग काम गरेका एक आदर्श प्रजातन्त्रवादी नेता, व्यवहारवादी समाज सुधारकका रूपमा रहनुभएको महानगरप्रमुख आचार्यको भनाइ थियो ।
पोखरालगायत विभिन्न क्षेत्रमा शैक्षिक संस्थाहरू स्थापनामा विशष्टि योगदान गरेका अधिकारीले विद्यार्थीमा किताबी ज्ञानका साथसाथै राजनीतिक चेतना जगाउन पनि विशिष्ट योगदान गर्नुभएको उहाँको भनाइ छ ।
अमरसिद्ध नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले अमरसिंद्ध माविको स्थापनामा पनि महत्त्वपूर्ण योगदान गर्नुका साथै अधिकारीले यस क्षेत्रमा विभिन्न १२ वटा विद्यालय स्थापना गर्नुभएको जानकारी गराउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी, सदस्य शरणकुमार अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीनानाथ ढकाल लगायतले बहुआयामिक क्षेत्रमा अधिकारीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
Share Now