काठमाडौं, २८ बैशाख। सरकारले आर्थिक वर्ष २०८३-८४ को नीति कार्यक्रम सार्वजनिक गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सभामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रमको घोषणा गर्नुभएको हो।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएको थियो।
संसद् भवन परिसरमा राष्ट्रपतिलाई सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुभएको थियो । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको हो।
सरकारले सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको जनाएको छ। कार्यक्रममा सार्वजनिक सेवा प्रवाहदेखि सहकारीको रकम एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरेर फिर्ता गर्नेसम्मका कार्यक्रम रहेका छन्।पूर्णपाठका लागि तल क्लिक गर्नुहोस्ः
आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम


















