Prakash Adhikari May 11, 2026

एसईईको नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण; डेढ लाख विद्यार्थी नन ग्रेडेड(कसरी हेर्ने उपायसहित)

काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेर सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य ७ जना छन् ।

नतिजा कस्तो ?

यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।

बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार, ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् ।

त्यस्तै, त्यसपछिको जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३ सय ७२ रहेको छ ।

२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २ सय २२ रहेको छ ।

 

५५ हजार ९ सय ७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् ।

जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १ सय ९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

डेढ लाख विद्यार्थी नन ग्रेडेड पास

एसईईमा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थीको नतिजा नन ग्रेडेडमा परेको छ ।

नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड थिए ।

२०८१ मा ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी सहभागी थिए ।

कहाँ हेर्ने ?

 

SEE 2082 Result Published

 

 

Share Now