काठमाडौं, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि आज नवीनकुमार घिमिरेमाथि संसदीय सुनुवाई हुँदैछ ।
आयोगका प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई संसद सचिवालय संसदीय सुनुवाईका लागि दिउसो १ बजे सार्वजनिक लेखा समितिको हलमा बोलाइएको महासचिव मनोहर प्रसाद भट्टराईले जनाउनुभएको छ ।
संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा घिमिरेले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै हुनुहुन्छ ।
उहाँ हाल कायममुकायम प्रमुख आयुक्त भएर अख्तियारलाई नेतृत्व दिइरहनुभएको छ ।


















