काठमाडौं, ४ जेठ। एसियन गेम्स छनोट र एसीसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार एक कार्यक्रमका बीच बिदाइ गरेको हो। दुवै प्रतियोगिताको टोली इन्दु बर्माको कप्तानीमा घोषणा भइसकेको छ।
एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिखसम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुनेछ।








