Prakash Adhikari September 21, 2018

बार्सिलोना(स्पेन), ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणका क्रममा शुक्रबार स्पेनको बार्सिलोना पुग्नुभएको छ ।

उहाँलाई बार्सिलोना एअरपोर्टमा नेपाली जनसम्पर्क समिति स्पेनका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । उहाँ स्पेनमा रहदा जनसम्पर्क समिति स्पेनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

वरिष्ठ नेपाल पौडल आजै पोर्चुगलको राजधानी लिस्बनबाट बार्सिलोना प्रस्थान गर्नुभएको हो । शुक्रबार पोर्चुगल पुग्नुभएका वरिष्ठ नेता पौडेलले पौडेलले बिहीबार नेपाली जनसम्पर्क समिति पोर्चुगलले जिनासियो क्लब लिस्वनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक विचार गोष्ठिलाई सम्बोधन गर्नुभएको थियो ।

दुई दिने पोर्चुगल बसाइपछि जनसम्पर्क समिति स्पेनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न ाबार्सिलोना प्रस्थान गर्नुपूर्व वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं काङ्ग्रेस कार्यकर्ताले बिदाई गरेका थिए ।

स्पेनको कार्यक्रम पछि वरिष्ठ नेता पौडेल स्वीजरल्याडमा जाने कार्यक्रम छ । जनसम्पर्क समिति स्वीजरल्याण्डले बर्न शहरको फुगु रेष्टुरेण्टमा भोलि आयोजना गर्ने कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुहुने भएको छ ।

यसपछि नेता पौडेल स्वीटजरल्याण्ड, जर्मनी र नेदरल्याण्डमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गरेर २६ सेप्टेम्बरमा स्वदेश फर्कनु हुनेछ ।

यूरोप भ्रमणका क्रममा कांग्रेसका वरिष्ठ नेता पौडेलले लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरिसक्नुभएको छ ।

नेता पौडेलको यो अभियानले पार्टीको आगामी महाधिवेशनमा जनसम्पर्क समितिका तर्फबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरुको चयनमा असर गर्ने देखिएको छ ।

Share Now

Leave a comment.