काठमाडौं, ५ जेठ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्ट (संक्षिप्त सूची)मा छनोट गरिएको
छ । बोर्डको अध्यक्ष छनौट सिफारीस समितिले चार जनाको नाम सर्टलिस्टमा राखेको हो।
जसमध्ये बोर्डका अध्यक्षका लागि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री, डा. गोपालप्रसाद भट्टलाई समितिको सिफारीस समितिले छनौट गरेको हो ।
समितिका अनुसार उहाँहरूसँग यही शुक्रबार दिउँसो १ बजेदेखि २ः३० बजेसम्म छुट्टाछुट्टै छलफल तथा अन्तर्वार्ता हुनेछ।
सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्चय आचार्य हुनुहुन्छ भने सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल (विज्ञ सदस्य) हुनुहुन्छ।
समितिले चार जना उम्मेदवारसँग छलफल गरेर एक जनाको नाम टुंगो लगाउनेछ ।
यसअघि सरकारले ल्याएको राजनीति नियुक्त खारेजी सम्वन्धी अध्यादेशका कारण बोर्डको अध्यक्ष पद रिक्त हुन पुगेको थियो ।








