कीर्तिपुर(काठमाडौं),८ जेठ । आईसीसी विश्वकप लिग २ छनोट अन्तरगत आज नेपाल र अमेरिकाबीच खेल हुने भएको छ ।
लिगको १०८ औ खेल नेपाल र अमेरिकाबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने कार्यतालिका छ । आज बिहान राजधानी काठमाडौं उपत्यकामा पानी परेकोले मैदान चिसो भएको अवस्थामा खेल केही ढिला सुरु हुन पनि सक्छ ।
लिग २ को खेलमा अमेरिका शीर्षस्थानमा छ । उसले हालसम्म खेलका २७ खेलमा १९ खेल जितेर ३८ अंक बटुलेको छ । नेपाल भने समान २७ खेलमा १० मा जित र दुई खेलमा नो रिजल्ट गरी २२ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा छ । आजको खेलमा जित निकालेमा नेपाल चौथो स्थानमा रहेको नेदरल्याण्डसको नजिक पुग्ने छ । नेदरल्याण्डसले हालसम्म खेलको २४ खेलमा १३ मा जित र दुईमा नो रिजल्टसहित २८ अंक जोडेको छ । आठ टिम मध्ये दोस्रो स्थानको स्कटल्याण्डको ३८ र तेस्रो स्थानको ओमानको ३१ अंक रहेको छ ।
पहिल्ला पाँच खेलहरुमा अमेरिकाले ३ जित र २ हारको नतिजा निकालेको छ भने नेपालले ४ जित र एक हारको नतिजा निकालेको छ ।
दुई देशका विचमा भएका पछिल्ला खेलहरुमध्ये यही बर्ष यसै श्रृखला अन्तरगत १६ मे मा कीर्तिपुरमा भएको खेलमा नेपालले ८० बल बाँकी रहदा अमेरिकालाई ९ विकेटले पराजित गरको थियो । गत बर्ष १ नोभेम्बरमा भएको खेलमा अमेरिकाले ६ बल बाँकी रहदा ४ विकेटले जितेको थियो । गत बर्ष नै २६ अक्टोबरमा भएको खेलमा अमेरिकाले १०६ रनले जितेको थियो । त्यस पहिले २ नोभेम्बर २०२४ मा भएको खेलमा अमेरिकाले ३७ रनले जितेको थियो । सोही बर्ष २७ अक्टोबरमा भएको खेलमो २ बल बाँकी रहँदा ३ विकेटले जितेको थियो ।
नेपाली खेलाडीहरु गृह मैदानमा भएको खेल, घरेलु दर्शक र सुधारिएको ब्याटिड. र बलिड.को मद्दतमा यो खेल जित्ने आत्मविश्वासका साथ मैदानमा उत्रिने भएका छन् ।
शीर्ष चारमा उक्लिनका लागि यो खेल जित्नै पर्ने दवावमा नेपाल रहेको छ ।








