काठमाडौं, ९ जेठ । काभा माहिला च्याम्पियनसीप अन्तरगत आज तीन खेलहरु हुँदैछन् ।
पहिलो खेल मध्यान्ह १२ बजे श्रीलंका र कजाकस्तानबीच हुने छ । दोस्रो खेल २ ः ३० भारत र माल्दिपबीच हुनेछ । तेस्रो खेल अपरान्ह ५ बजे नेपाल र किर्गिस्तानबीच हुनेछ ।
हिजोको खेलमा भारतसंग ३ २ ले पराजय ब्यहोरेको नेपाल आज गृह कोर्टका नेपाली दर्शकको बीच जित हासिल गर्ने उत्साहका साथ मैदानमा उत्रिने भएको छ । पहिलो खेलका कमजोरीहरु हटाएमा नेपाललाई विजयपथमा कसैले रोक्न सक्ने छैन ।








