Prakash Adhikari June 1, 2026

काठमाडौं, १८ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भूर्तेलले यस सिजनको श्रीलंकाले आयोजना गर्ने लंका प्रिमियर लिग खेल्ने भएका छन् ।

लेग स्पिनर सन्दीप र अल राउण्डर दीपेन्द्रसिंह ऐरीले जाफ्ना किंग्सबाट लंका प्रिमियर लिग (एलपीएल) २०२६ खेल्ने भएका छन्। उनीहरूलाई सोमबार जाफ्नाले अनुबन्ध गरेको हो।

सन्दीपले २० हजार र दीपेन्द्रले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छन्।

यस्तै, नेपाली ओपनर कुशल भुर्तेलले कोलम्बो क्याप्सबाट एलपीएल खेल्ने छन्।

उनलाई कोलम्बो क्याप्सले १५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

यो सिजनको एलपीएल १७ जुलाईदेखि सुरु हुनेछ।

Share Now