Prakash Adhikari June 15, 2026

काठमाडौं, १ आषाढ । संवैधानिक व्यवस्था अनुसार देशका सातै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट आ–आफ्नो प्रदेश सभामा प्रस्तुत गर्दै छन्।

 

सङ्घीय सरकारले जेठ १५ गते बजेट ल्याएपछि सोही खाकामा आधारित भएर प्रदेशहरूले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ।

सबैजसो प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्।

कुन प्रदेशको बजेट कति बजे?

प्रदेश सभा सचिवालयहरूका अनुसार आज सातै प्रदेशमा बजेट प्रस्तुतिका लागि समय निर्धारण गरिएको छः

कोशी प्रदेशः दिउँसो ४ः०० बजे
मधेस प्रदेशः दिउँसो १ः०० बजे
बागमती प्रदेशः दिउँसो ४ः०० बजे
गण्डकी प्रदेशः दिउँसो ४ः०० बजे
लुम्बिनी प्रदेशः दिउँसो ५ः०० बजे
कर्णाली प्रदेशः दिउँसो ३ः०० बजे
सुदूरपश्चिम प्रदेशः साँझ ५ बजे

Share Now